Friday, September 23

समुदायस्तरमा कोरोना जोखिम घटेन, मुसिकोटमा आज थप ७ जनामा संक्रमण पुष्टी !

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १६ असार २०७८, गुल्मीको मुसिकोट नगरपालिकामा आज थप ७ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

मुसिकोट नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएसङ्गै वडा नम्बर ७ वामिटक्सार बजारका प्रत्येक पसलहरुबाट एक-एक जनाको दरले कोरोना परिक्षणको व्यवस्था नगरपालिकाले गरे सँगै संकास्पद १४१ जनाको आज वामीटक्सार स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका ७  जना नागरिकहरूमा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । संक्रमित मध्ये अधिकांस व्यापारीहरू नभइ समुदायस्तरका व्यक्तीहरू रहेको वताइएको छ ।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ७  का २ जना पूरूष र १ महिला , वडा नं. ८ का २ जना पूरूष र २ जना महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो । बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अबस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ  ।

कोरोना भाइरसको दोस्रो  भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा ३६४ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ । कुल ३६४ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ७  जनाको मृ,त्यू भइसकेको, २९१  जना कोभिड – १९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ६६जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!