Saturday, September 24

असार १७ गते अर्को लघुवित्तको आइपिओ खुल्दै, कति दिने आवेदन

असार १७ गते अर्को लघुवित्तको आइपिओ खुल्दै, कति दिने आवेदन

योपछि मनकामना स्मार्ट लघुवित्तको प्राथमिक सेयर असार १७ गतेदेखि खुल्ने भएको छ। लुम्बिनी प्रदेश कार्यक्षेत्र भएको यस लघुवित्तको प्रधान कार्यालय भैरहवामा छ।  कम्पनीको आइपिओमा छिटोमा असार २१ गतेसम्म बिक्री खुल्ला हुनेछ। कम्पनीले जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँको ३२.११ प्रतिशतले हुने कुल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर निष्कासन गर्न लागेको हो।

जसमध्ये ६ हजार ५८ कर्मचारीका लागि र १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ। बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता साधारण सेयर सर्वसाधारणका लागि बाँडफाँड हुनेछ। कम्पनीको आइपिओलाई इक्रा नेपालले डबल बी माइनस रेटिङ प्रदान गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!