Tuesday, October 4

नवविवाहित जोडीमाथि अन्धाधुन्दा गोली प्रहार, युवकको ज्यान गयो

एजेन्सी, ११ असार । परिवारको स्वीकृतिविना विवाह गरेका जोडीमाथि दिल्लीमा गोली प्रहार भएको छ ।

घटनामा युवकको घटनास्थलमै ज्यान गएको छ ।  युवती गम्भीर घाइते भई अस्पताल लगिएको छ । घटना शुक्रबार विहान द्वारका क्षेत्रमा भएको हो । इन्डियन एक्सप्रेसका अनुसार भाडामा लिएको कोठामा ज्यान गुमाएका युवक विनय दहिया २३ वर्षका छन् । घाइते युवती किरण १९ वर्षकी छिन् ।

विनयको शरीरमा ४ गोली लागेको थियो । किरणलाई ५ गोली लागेको थियो । उनको बैंकटेश्वर अस्पतालमा उपचार भइरहेको उल्लेख छ । सोनेपतस्थित गाउँबाट उनीहरु परिवारको स्वीकृतिविना विवाह गरेर द्वारका पुगेका थिए । घटना परिवारको चाहना विपरित विवाह गरेकाले घटाइएको हुनसक्ने आशंका गरिएको छ ।भारतमा परिवारको सहमति विपरित विवाह या प्रेम गर्दा आफ्नै परिवारका सदस्यबाट ह।त्या भएका घटनाहरु छन् । यसलाई अनर कि,लिङ नाम दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!