Monday, September 19

मुसिकोटले गर्यो आगामी वजेट सम्वन्धी राजनितिक दल सँग अन्तरक्रिया (प्राप्त सुझाव सहित)

गोविन्द कंडेल ३० चैत्र, मुसिकोट गुल्मी । मुसिकोट नगरपालिका गुल्मीको आयोजनामा आर्थिक वर्ष २०७८/७९ को  वजेट निति तथा कार्यक्रम सम्वन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नगरपालिकाले वजेट निर्माणको पूर्व सन्ध्याको अवसरमा नगरपालिकामा क्रियाशिल राजनितिक दल, मुसिकोट उद्योग वाणिज्य संघ र नगर कार्यपालिकाको विचमा अन्तरक्रिया कार्यक्रम गरेको हो । हाल विश्वव्यापी संकटको रूपमा देखा परेको कोभिड-१९ मुसिकोटको समुदायस्तरमा पनि व्यापक रूपमा फैलिरहेकोको अवस्थामा वस्ती वस्तिमा टोल भेला गरी योजना तर्जुमा तथा छनोट गर्ने अवस्था नरहेकोले नगरपालिकाले गत हप्ता नै देश विदेशमा रहेका नगरवासीहरू सँग इमेल मार्फत सुझाव संकलन गरेको थियो भने आज नगरपालिकाले पालिकामा क्रियाशिल राजनितिक दलहरू सँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरूले नगरपालिकाले आगामी वजेटमा कोभिड १९ को जोखिम कम गर्नका लागी विशेष वजेट तथा कार्यक्रमको व्यवस्था गर्नु पर्ने, मुसिकोट गॏरवका योजनालाइ विशेष प्राथमिकतामा राखी वजेटको व्यवस्था, वालवालिकाको स्वास्थ्य सुरक्षालाइ विशेष ध्यान दिएर स्वास्थ्य रणनिती तय गर्नु पर्ने, सार्वजनिक जग्गा संरक्षण, कोभिड प्रभावित विपन्न नागरिक लक्षित कार्यक्रम, कृषकहरूले उत्पादन गरेको कृषि उपजको वजारको सुनिश्चितता गर्नु पर्ने, नगरपालिकामा विभिन्न शिर्षकमा वितरण हुने अनुदालाइ व्यवस्थित गर्नु पर्ने, नगरपालिका र उद्योग वाणिज्य संघ विच साझेदारी मुलक कार्यक्रम ल्याउनु पर्ने सुझाव दिए ।

साथै उनिहरूले सामुदायिक वन सम्वन्धि समिति नविकरण लगायतका कुरामा नगरपालिकाले सहजिकरण गर्ने निती अवलम्वन गर्ने, पछाडी पारिएका वर्गको उत्थानका लागि जनचेतना मुलक कार्यक्रम ल्याउने, नगरपालिका भित्रका वजार क्षेत्र र मुख्य सडकमा सडक वत्तिको व्यवस्था गर्ने, प्रदेश नं. ४ र ५ साथै पालिकाको वडिगाड वारी र  पारीको क्षेत्र जोड्ने गरी आकाशे पुलको लागि विशेष पहल, वामी- झेँदी सडक स्तरोन्नती, भुवाचिदी वजार क्षेत्र कालोपत्रे, साथै योजनाहरूको अनुगमनमा कडाइ गर्न र नगरपालिकाले गाडी भाडामा चलाउनु पर्ने अवस्था भएमा नयाँ गाडी खरिद गर्न समेत नगरपालिकालाइ सल्लाह दिएका थिए । सहभागीहरूले रिडी रूद्रवेणी वामीटक्सार सडक कालोपत्रे, झेँदी पक्की पुल लगायतका विषयमा समेत नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।

अन्तरक्रिया कार्यक्रममा वोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले नगरपालिकाको आन्तरिक आयलाइ वृद्धी गरी आत्म निर्भर वन्नु पर्ने, करको दर भन्दा पनि दायरा वृद्धी गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो।

कार्यक्रममा वोल्दै नगर प्रमुख सोमनाथ सापकोटाले अन्तरक्रिया कार्यक्रम मार्फत आएका सुझावहरूलाइ कार्यान्वयनका लागि आफुले हरसम्भव प्रयास गर्ने वताउनु भयो । साथै उहाँले आगामी वजेटमा पुँजिगत खर्चलाइ वृद्धी गर्न विशेष ध्यान पुर्याउने, कोभिड नियन्त्रणलाइ प्राथमिकतामा राख्ने ,उपभोक्ता समिति मार्फत गरीने कामलाइ व्यवस्थित गरिने र सार्वजिनक जग्गा संरक्षणका लागि नगरपालिका प्रतिवद्ध रहेको वताउनु भयो । एक अर्को प्रशंगमा वोल्दै उहाँले मुसिकोटका हरेक वस्तिमा सडक सञ्चाल पुगिसकेकोले उक्त सडकको स्तरवृद्धीमा विशेष ध्यान दिने, निरूत्साहित रहेका सवैलाइ उत्साहित गराउँदै सँगै अगाडी वढ्न प्रयास गर्ने साथै निजी क्षेत्रको साझेदारीमा समृद्भ मुसिकोट निर्माणका लागि प्रतिवद्ध रहेको वताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा ने.क.पा.एमालेको तर्फबाट जिवन खरेल,अग्निधर लोहनी र भूवन के.सी., नेपाली कांग्रेसको तर्फबाट विष्णु कुमारी सापकोटा, हरीनारायण सापकोटा र झविलाल भण्डारी, माऒवादी केन्द्रको तर्फबाट मेघ प्रसाद श्रेष्ठ र चन्द्र रसाइली, मुसिकोट उद्योग वाणिज्य संघको तर्फबाट ज्ञानहरी सापकोटा लगायतले आ-आफ्नो धारणा व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नगर उपप्रमुख कमला शर्मा, वडा नं. ७ का वडा अध्यक्ष प्रकाश काफ्ले, वडा नं. ८ का वडा अध्यक्ष नारायण सापकोटा, कार्यपालिका सदस्य सत्या कुमारी जि.सी., रेणु भारी प्रधान कार्यपालिका कार्यालयका कर्मचारी  समेतको उपस्थिती रहेको थियो । सहभागीहरू राजनितिक दलका प्रतिनिधिहरूले कोरोना महामारीको यो विषम परिस्थितिमा पनि नगरपालिकाले यसरी राजनितिक दल सँग सुझाव सल्लाह लिने यस कार्यप्रति नगरपालिकालाइ धन्यवाद ज्ञापन गरेका थिए ।

नगरपालिकाले यदी नगरवासी कसैलाइ पनि नगरपालिकाको विकासका लागि सुझाव दिन इक्षा भएमा वजेट पारित हुने समय सम्म इमेल मार्फत सुझाव दिन सकिने वताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!