Tuesday, October 4

युरोकपमा लुकाकुको चमत्कारिक सुरूवात,रुस विरुद्ध बेल्जियमलाई सफलता

युरोकप फुटबलमा बेल्जियमले उत्कृष्ट सुरुआत गरेको छ ।

बेल्जियमले रुसलाई ३–० ले हराएको हो ।  सेन्ट पिटर्सवर्गस्थित गाजप्रोम रंगशालामा घरेलु टोलीविरुद्ध जित दिलाउने क्रममा रोमेलु लुकाकुले बेल्जियमका लागि दुई गोल गरे । उनले खेलको १० औं मिनेटमै बेल्जियमलाई अग्रता दिलाए ।  ३४ मिनेटमा थोमस मुनियरले अग्रता दोब्बर पारे भने लुकाकुले ८८ औं मिनेटमा अर्को गोल गर्दै ३–० को जित दिलाए । प्रतियोगिताअन्तर्गत आगामी खेलमा अब रुसले फिनल्यान्ड र बेल्जियमले डेनमार्ककको सामना गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!