Friday, September 30

संवैधानिक परिषद् द्वारा लोकसेवा लगायत विभिन्न संवैधानिक आयोगमा नियुक्ति सिफारिस  

वैशाख २६, २०७८, संवैधानिक परिषद्ले लोकसेवा आयोगलगायत संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा विभिन्न व्यक्तिको नियुक्तिका लागि सिफारिस गरेको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद् बैठकले संवैधानिक आयोगमा नियुक्ति सिफारिस गरेको परिषद सदस्य तथा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए।

कुन-कुन पदमा कसलाई सिफारिस गरियो भन्ने विस्तृत विवरण आउन बाँकी छ।

रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको परिषद् बैठक प्रमुख प्रतिपक्षी दलका नेता कांग्रेस सभापति शेरबहादुर देउवा र प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा सहभागी थिएनन् ।

@ Setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
4
+1
8
+1
1
+1
1
+1
3
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!