Monday, September 19

आधा दर्जन कम्पनीको झण्डै ८९ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? (सूचीसहित)

आधा दर्जन कम्पनीको ८८ लाख १९ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, कुनको कति ? ( सूचीसहित हेर्नुहोस )

वैशाख २६ । यस साता नेपला स्टक एक्सचेञ्ज (नेप्से) मा आधा दर्जन कम्पनीको ८८ लाख १९ हजार कित्ता सेयर सूचीकृत भएको छ । यो हप्ता रुरु जलविद्युत परियोजनाको आईपीओसहित ६ कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्च(नेप्से)मा यस साता सिनर्जी पावर डेभलपमेन्ट, रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, स्वाभिमान लघुवित्त वित्तीय संस्था र सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर सूचीकृत भएको हो ।

नेप्सेमा सिनर्जी पावरको ३ लाख ३२ हजार ५ सय कित्ता बोनस सेयर, एनआरएन इन्फ्रास्ट्रक्चरको ३ लाख २२ हजार ८१४ कित्ता बोनस, स्वाभिमान लघुवित्तको १ लाख ५३ हजार ४२३ दशमलव ६० कित्ता बोनस सेयर, सूर्या लाइफ इन्स्योरेन्सको १० लाख ७७ हजार ५६९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

यस्तै, यस साता रुरु जलविद्युत परियोजनाको ४० लाख ७७ हजार ५५ कित्ता आईपीओ सूचीकृत भएको छ । रुरु जलविद्युत परियोजनाको गत आइतबार अर्थात वैशाख १९ गते नेप्सेमा सूचीकृत भएको हो ।

त्यसैगरि समता घरेलु लघुवित्त वित्तीय संस्थाको २८ लाख ५६ हजार २०१ दशमलव ६० कित्ता सेयर सूचीकृत भएको छ । समता लघुवित्त र घरेलु लघुवित्त एक आपसमा गाभिएपछि कायम भएको उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो । @Arthatantra.com

हेर्नुहोस्, कुनको कति ?

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
1
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!