Friday, October 7

शनिबार मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि सक्रिय संक्रमित संख्या ६६ पुग्यो

शनिबार मुसिकोटमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि

गोविन्द कंडेल मुसिकोट गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा शनिबार थप ४ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

वामीटक्सार स्वास्थ्य चौकी र बडागाँऊ स्वास्थ्य चौकी गरिएको ६ जनाको एन्टिजेन परिक्षणमा ४ जनामा सक्रंमण पुष्टी भएको छ । संक्रमितहरू मध्ये ३ जना मुसिकोट नगरपालिका वडा नम्बर ७ का पुरुष रहेका छन भने १ जना वडा नम्बर ४ कि महिला रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।  थप ४ जनामा कोरोना संक्रमण पुष्टि भए सङ्गै नगरपालिकामा कुल संक्रमितको संख्या ६६ पुगेको छ ।

बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका समस्या देखिय पछि एन्टिजेन परिक्षणमा गरिएको र अहिले उनिहरुको अबस्था सधारण रहेको वताइएको छ ।

बिरामिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको मुसिकोट नगरपालिकाका स्वास्थ्य संयोंजक जि.सी.ले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
1
+1
3
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!