Monday, September 19

प्रधानमन्त्री ओली र नेता गोकर्ण विष्टबीच बालुवाटरमा भेटघाट / के विषयमा भए होला त छलफल

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता गोकर्ण विष्टवीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्न विष्ट प्रधानमन्त्री निवास जानुभएको थियो ।

उहाँहरु बीच लामै समय कुराकानी भएको बालुवाटार स्रोतले जनाएको छ ।

अध्यक्ष ओलीसँग बिहीबार राति अबेरसम्म माधवकुमार नेपाल पक्षका नेताहरु घनश्याम भुसाल र योगेश भट्टराईले पनि कुराकानी गर्नुभएको थियो तर छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।

भूसाल र भट्टराईसँग राति कुरा गर्नुभएका ओलीले शुक्रबार बिहान विष्टलाई छलफलमा बोलाउनुभएको हो । विष्टले बिहीबार दिउँसो ओली निकट नेता विष्णुप्रसाद पौडेलसँग पनि कुराकानी गर्नुभएको थियो ।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने भएपछि एमालेका दोस्रो तहका नेतासँग भेटघाट तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!