Sunday, September 25

वडिगाडमा एकै दिन २५ जना संक्रमित थपिय, संक्रमित सवै जना विवाह समारोहका सहभागी

गोविन्द कंडेल, २३ वैशाख २०७८, वडिगाड गाउँपालिकाका २५ सहित बागलुङमा आज ४७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । धौलागिरी अस्पतालमा परिक्षण गरिएको पिसिआर रिपोर्टका अनुसार ६० वटा नमूना परिक्षणमा ४७ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय वागलुङले जनाएको छ ।

कोरोना पुष्टी हुनेमा धौलागिरी अस्पतालले संकलन गरेका जिल्लाका विभिन्न स्थानका २२ जना छन भने जिल्लाको बडिगाड गाउँपालिकाका २५ जना रहेका छन । वडिगाड गाउँपालिकामा संक्रमित हुने सवै जना वडा नं. ४ का रहेको वडिगा गाँउपालिकाका स्वास्थ्य संयोजक चुडामणी कंडेलले जानकारी दिनुभयो ।

उनिहरू सवै केही दिन अगाडी सोही स्थानमा सम्पन्न भएको विवाह समारोहमा सहभागी रहेको वताइएको छ साथै उक्त विवाह समारोहमा सहभागि एक ८६ वर्षिय पूरूषको कोरोना संक्रमणबाट मृत्यू भइ सकेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!