Wednesday, September 28

गुल्मीको मुसिकोटमा बिहानै चट्याङ पर्दा, एकको मृ:त्यू, ८ जना घाइते

गोविन्द कंडेल , मुसिकोट गुल्मी ।

बैशाख २४,२०७८  गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नं. ४ दजाकोटमा आज एकाबिहानै अन्दाजी ५:३० वजेको समयमा चट्यांङ परेको छ ।

उक्त चट्यांङको कारणले एक जनाको जिल्ला अस्पताल तम्घासमा उपचारको क्रममा मृ,त्यू भएको वताइएको छ । स्थानिय उजुर वहादुरको घरमा परेको छट्याङबाट निजकी वुहारी बर्ष १८ की करिश्मा गाहाको मृ,त्यू भएको हो ।

उजुर वहादुरको परिवारका ६ जना र छिमेकी चित्र वहादुर गाहाको परिवारका २ जना गरी ८ जना घाइतेहरू मध्ये ६ जनाको जिल्ला अस्पताल तम्घासमा उपचार भइ रहेको छ भने दुइ जनालाइ थप उपचारका लागी पाल्पा रिफर गरिएको स्थानिय अगुवा युवा  विमल छन्तेलले जानकारी गराउनु भयो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
2
+1
0
+1
3
+1
3
+1
7
+1
19
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!