Saturday, September 24

प्रधानमन्त्री ओलीले किन बोलाए त आकस्मिक मन्त्रि परिषद् बैठक

२३ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक बोलाएका छन् । साँझ पाँच बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्दैछ ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

प्रधानमन्त्री ओलीले आकस्मिक रूपमा मन्त्रिपरिषद् बैठक वोलाए सँगै राजनितिक वृत्तमा केही फरक निर्णय हुन सक्ने संका गरिएको छ भने धेरैले राजनितिक दल विभाजन सम्वन्धी अध्यादेश प्रस्तुत हुने अनुमान गरेका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!