Sunday, October 2

मुसिकोटमा समुदायस्तरमा व्यापक रुपमा कोरोना देखियो, आज थप  ६ जनामा संक्रमण पुष्टी

गोविन्द कंडेल, मुसिकोट गुल्मी । २२ वैशाख २०७८ ।  मुसिकोट नगरपालिका गुल्मीमा आज थप ६ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका ७ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं ७ का एक पुरुष / एक महिला गरी २ जना ,वडा नं. ६ का एक पुरुष /  दुइ महिला गरी ३ जना र वडा नं. ८ का एक जना पूरूषमा कोरोना सक्रंमण पुष्टी भएको हो । यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको  संख्या ६० जना  पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि. जि.सी.ले जानकारी दिनुभयो ।

आजका संक्रमितहरु मध्ये एक जना वित्तिय सस्थाका कर्मचारी रहेको र वाँकी सवैजना समुदाय  स्तरका व्यक्तीहरु रहेको जि.सी.ले जानकारी दिनुभयो ।

उनिहरूमा ज्वरो रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको जि.सी.ले वताउनु भयो ।

रुघाखोकी र ज्वरो देखिए पनि उनिको अवस्था सामान्य रहेको र अहिले होम आईसोलेनमा पठाईएको उहाँले बताउनुभयो । उनिहरूको सम्पर्कमा आएका परिवारका सदस्यहरुलाई सकांस्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने जि.सी.ले वताउनु भयो । यसै विच नगरपालिकामा दास्रो लहरमा हाल सम्म सक्रमित भएका ६० जना मध्ये २ जनालाइ थप उपचारका लागि वुटवल पठाइएको र वाँकी सवैको होम आइसोलेसनमै उपचार भइरहेको उहाँले वताउनु भयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
2
+1
0
+1
0
+1
1
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!