Sunday, September 25

राष्ट्रपतिले प्रदेशसभा विघटन गर्न सक्छिन् ? के छ संविधानमा ?

१९ वैशाख, प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता पछि प्रदेशसभा विघटन हुने त हैन भन्ने कतिपयले आशंका गरेका छन् ।

लुम्बिनी प्रदेशमा गहिरिएको राजनीतिक संकट पछि नेकपा एमालेका सांसदहरुले प्रदेशसभा विघटन हुन सक्ने बताएका छन् । तर संविधान अनुसार प्रदेशसभा विघटन राष्ट्रपतिका लागि सहज छैन ।

संविधानको धारा २३२ को उपधारा ३ मा कुनै प्रदेशमा नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता वा स्वाधीनतामा गम्भीर असर पर्ने किसिमको कार्य भएमा राष्ट्रपतिले त्यस्तो प्रदेश मन्त्रिपरिषदलाई आवश्यकता अनुसार सचेत गराउन, प्रदेश मन्त्रिपरिषद् र प्रदेशसभालाई बढीमा ६ महिना सम्म निलम्बन गर्न वा विघटन गर्न सक्ने’ उल्लेख छ।

अहिले माथिका चार वटै अवस्था नरहेकाले राष्ट्रपतिले विघटन गर्ने सम्भावना न्यून छ ।

राष्ट्रपतिबाट हुने विघटन संघीय संसदको बहुमतबाट अनुमोदन हुनुपर्नेछ ।

अनुमोदन भएमा त्यस्तो प्रदेशमा ६ महिनाभित्र निर्वाचन हुने व्यवस्था संविधानले गरेको छ। @Setopati

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
5
+1
0
+1
0
+1
0
+1
1
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!