Monday, September 26

मुसिकोटमा थप २ जना शिक्षकमा कोरोना संक्रमण पुष्टी,पालिकामा सक्रिय संक्रमित संख्या ३७ पुग्यो

गोविन्द कंडेल, मुसिकोट गुल्मी । १८ वैशाख २०७८ ।  मुसिकोट नगरपालिका गुल्मीमा थप  २ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ ।

संकास्पद लक्षण देखिएका २ जनाको आज वामीटक्सार स्वास्थ्य चौकीमा गरिएको एन्टिजेन परिक्षणमा नगरपालिकाको वडा नं. ५ को एक विद्यालयमा कार्यरत शिक्षिका र वडा नं. ६ को त्रिभुवन मा.वि.का शिक्षकमा कोरोना सक्रंमण पुष्टी भएको हो ।

यो सँगै नगरपालिकामा सक्रिय संक्रमितको संख्या ३७ पुगेको मुसिकोट नगरपालिकाका स्वास्थ्य सयोंजक डि.वि.जि.सी.ले जानकारी दिनुभयो ।

उनिहरूमा ज्वरो, रुघा खोकी लगायतका समस्या देखिए पछि स्वास्थ्य चौकीमा ऐन्टिजेन परिक्षण गरीएको वताइएको छ ।

रुघाखोकी र ज्वरो देखिए पनि उनिहरुको स्वास्थ्य अवस्था जटिल नरहेको र अहिले होम आईसोलेसनमा पठाईएको जि.सी.ले बताउनुभयो ।

यसै विच उनिहरूको सम्पर्कमा आएका व्यक्तीहरुलाई सँकास्पद लक्षण देखिएमा कन्ट्याक ट्रेसिङ गरी ऐन्टिजेन परिक्षण गरिने नगरपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
0
+1
0
+1
1
+1
2
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!