Monday, September 19

कोरोना महामारीमै साढे सात हजार रुपैयाँले बढ्यो नेपालीहरुको आम्दानी, वार्षिक कमाई कति ?

२०७८ वैशाख १८ गते, काठमाडौं । नेपालीहरुको प्रतिव्यक्ति आम्दानी वार्षिक १ लाख ४० हजार ८१९ अर्थात् १ हजार १९१ अमेरिकी डलर हुने अनुमान गरिएको छ ।
केन्द्रीय तथ्यांक बिभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांकले यस्तो अनुमान गरेको हो ।

गत आवको असारसम्म नेपालीहरुको प्रति व्यक्ति आम्दानी १ हजार १२६ डलर थियो । त्यो अनुसार एक बर्षमा नेपालीहरुका प्रतिव्यक्ति आम्दानी ६५ अमेरिकी डलरले बढेको छ । आजको डलरभाउ अनुसार नेपाली ७ हजार ६८३ रुपैयाँ हुन्छ ।

कोरोना कहरका कारण नेपालीहरुको आम्दानी घट्ने भनिएपनि सरकारले भने बढ्ने अनुमान गरेको छ । बन्दाबन्दी, निषेधाज्ञा जस्ता उद्योग, कलकारखाना लगायतका व्यवसाय प्रभावित हुदाँ उनीहरुको आम्दानी घटेको छ भने त्यहाँका कामदारको पारिश्रमिक पनि प्रभावित भएको छ । तर, सरकारले भने आम्दानी बढ्ने अनुमान गरेको छ ।@Arthatantra.com

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
4
+1
0
+1
1
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!