Tuesday, September 20

भारत सहित १० देशमा अन्तर्राष्ट्रिय उडान स्थगित गर्न सिफारिस, आन्तरिक उडान पनि वन्दको तयारी

१८ वैशाख २०७८ । कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले कोरोना संक्रमित १० देश र नेपालबीच हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउन सिफारिस गरेको छ ।

सिसिएमसीको शुक्रबार बसेको बैठकले कोरोना प्रभावित मुलुक भारत, बेलायत, अमेरिकालगायत मुलुकमा अन्तर्राष्ट्रिय उडान नगर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो।

बैठकले आन्तरिक उडान पनि बन्द गर्न प्रस्ताव गरेको सिसिएमसीका सदस्य स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीले बताए ।

परिस्थिति काबुबाहिर जान सक्ने भएकाले यस्तो सिफारिस गरिएको उनले बताए।

‘सिसिएमसीमा छलफल हुँदा हाल अतिप्रभावित देशमा उडान स्थगित गर्नुपर्ने सल्लाह आएकोले सिफारिस गरिएको छ,’ उनले भने, ‘मन्त्रिपरिषदले निर्णय गरेपछि कार्यान्वयन हुन्छ।’

बैठकले आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरेको उनले बताए।

बैठकले भारतसँग जोडिएका २२ वटा सीमा नाका बन्द गर्न पनि सिफारिस गरेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!