Wednesday, November 23

कोरोना जोखिम फेरी वढ्यो : कसरी हुँदैछ त सिमा नाकाबाट नेपाल प्रवेश

१० चैत, काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि नेपालमा फैलिन नदिन पर्सामा सतर्कता अपनाइएको छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिले भारतबाट आउनेहरुलाई चेकजाँच गरेर र ट्राभल हिस्ट्री लिएर मात्र प्रवेश गर्न दिने निर्णय गरेको छ ।

जिल्लाको विभिन्न नाकाबाट अनधिकृत आवातजावत रोक्न सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीबाट सुरक्षा प्रबन्ध मिलाउने निर्णय बैठकले गरेको छ । त्यस्तै सीमा नाकामा तापक्रम नापेर ज्वरो आएका यात्रुहरुको एन्टिजिन टेस्ट गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी आसमान तामाङले जानकारी दिए ।

भारतबाट आउदा ट्राभल हिस्ट्रीसहितको अभिलेख राखेर मात्र प्रवेश गर्न दिने पनि बैठकले निर्णय गरेको छ । नेपाल प्रवेश गर्ने बेलामा कोरोनाको लक्षण देखिएकालाई आइसोलेसन सेन्टर वा अस्पताल पठाउने र अरुलाई होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउने, कोरोनाको नयाँ भेरियन्ट देखिएका राष्ट्रहरुको ट्राभल हिस्ट्री भएकालाई ७२ घण्टाभित्र आरडीटी÷पीसीआर रिपोर्ट देखाएर प्रवेश अनुमति दिने पनि बैठकले निर्णय गरेको प्रजिअ तामाङले बताए ।

नारायणी अस्पतालमा १५ शय्याको कोभिड आईसीयू सञ्चालन गर्ने, केस इन्भेष्टिगेसन र कन्ट्याक्ट ट्रेसिङ बढाउने, सामुदायिक क्वारेन्टिन सञ्चलन गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले मास्क नलगाउनेलाई कारबाही गर्ने, उद्योगहरुमा कार्यरत भारतीय कामदारहरु घर गई पुनः उद्योग फर्किदा अनिवार्य पीसीआर परीक्षण गर्नुपर्ने, रात्रीकालीन व्यवसाय राति ९ बजे बन्द गर्नुपर्ने निर्णय गरेको छ ।

सार्वजनिक स्थानमा २५ जना भन्दा बढी सामूहिक भेला हुन निषेध गर्ने, सभा, जुलुस गर्न निरुत्साहित गर्ने पनि बैठकले निर्णय गरेको छ । @Onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!