Monday, September 19

सर्वाेच्चले पुनस्थापना गरे संसद् वैठक शुरु हुन्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापनाको निर्णय गरे संसद बैठक सुचारु हुने बताउनुभएको छ ।

‘प्रतिनिधिसभा विघटनको विषय अहिले पनि सर्वोच्चमा विचारधीन छ, त्यसले जे फैसला गर्छ, त्यो फैसला मान्नुपर्ने हामी सबै नेपालीको कर्तव्य हुन्छ’ आज कास्कीमा आयोजित एक कार्यक्रममा उहाँले भन्नु्भयो, ‘फैसला आइसकेपछि चुनावमा जाने हो भने चुनावमा जानुप¥यो, हैन बदर गरिदियो भने संसद बैठकहरु चल्छ ।’

केही राजनीतिक दलहरुले संसद ज्यूँदै रहेको र सभामुखले संसद आह्वान गर्नसक्ने तर्क गरिरहँदा अध्यक्ष तिमिल्सिनाको यो अभिव्यक्ति आएको हो ।

उहाँले सर्वोच्चको फैसलापछि के हुन्छ भन्ने विषयमा अहिल्यै अनुमान गर्न नसकिने पनि बताउनुभयो ।@Jyotinews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!