Tuesday, October 4

कसैको हात खाली नहुने, खुल्यो हालसम्मकै ठूलो आइपिओ

काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो साधारण शेयर निष्काशन गरेको छ ।

बैङ्कले प्रस्ताव गरेको ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण सेयर निष्कासन गर्न धितोपत्र बोडले स्वीकृति दिएसँगै आजबाट आइपिओ विक्री खुलेको हो ।

इन्फास्ट्रक्चर बैङ्कले मंसिर ८ गते मात्रै धितोपत्र बोर्डमा आईपीओ स्वीकृतिका लागि निवेदन दिएको थियो ।

२० अर्ब जारी पुँजी रहेको इन्फ्रास्ट्रक्चर बैङ्कसँग हाल १२ अर्ब रुपैयाँ मात्रै चुक्ता पुँजी छ ।

उक्त चुक्ता पुँजीलाई जारी पुँजी बराबर पुर्याउन ८ अर्बको आईपीओ निष्कासन गरिएको हो । यसो हुँदा बैङ्कको चुक्ता पुँजीको ४० प्रतिशत पुँजी साधारण सेयरबाट जुट्नेछ ।

बैंकले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँबराबरको ८ करोड कित्ता निष्कासन गरेको हो ।

बैंकले कूल निष्काशित आईपीओमध्ये ५ प्रतिशतले हुन आउने ४० लाख कित्ता तथा कर्मचारीहरूका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता शेयर छुट्टाएको छ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा आउनेछ ।

बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा पुर्वाधार विकास सम्बन्धी व्यवसायको जोखिम धारण क्षमता बढाउन तथा वित्तीय तथा आर्थिक गतिविधिलाई विस्तार गर्न आवश्यक पूँजी व्यवस्था गर्न आईपीओ जारी गर्न लागेको जनाएको छ ।

बैंकले आईपीओबाट प्राप्त रकम चालु आवमा ४ अर्ब ३२ करोड रुपैयाँ स्वीकृत पुर्वाधार परियोजनाहरुमा कर्जा तथा सापटमा र ३ अर्ब ६८ करोड रुपैयाँ उच्च लगानी प्रतिफल दिने बजारका लगानी उपकरणहरुमा उपयोग गर्ने कार्ययोजना बनाएको छ । आगामी आवबाट बैंकले आफ्नो लगानी विस्तार गर्दै पूँजीको प्रतिफल बढाउँदै लैजाने जनाएको छ ।

लगानीकर्ताले बैंकले जारी गर्ने आईपीओमा लगानीकर्ताले आफ्नै बैंक खाता रहेको नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरु, मेरो शेयरको वेवसाइट तथा मेरो शेयरको मोबाइल एपबाट समेत आवेदन दिन सक्नेछन् ।

बैंकको माघ २ गते शुक्रबारदेखि ६ गते मंगलबारसम्म आईपीओमा आवेदन दिन सकिनेछ । आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले ५ लाख रुपैयाँसम्मको आवेदन दिनेले स्वच्छिक रुपमा र ५ लाखभन्दा बढीको आवेदन दिने लगानीकर्ताले अनिवार्य रुपमा प्यान नम्बर उल्लेख गर्नुपर्ने हुन्छ । @Jyotinews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!