Friday, October 7

आजको मौसम

काठमाडौं । देशका धेरै ठाउँको मौसम बदली भएको छ । अझै दुई-तीन दिनसम्म मौसम यस्तै रहने मौसमविद्ले बताएका छन् । त्यसपछि भने मौसम खुल्दै जाने मौसमविद् विभूति पोखरेलले बताउनुभएको छ ।

हावामा पानीको मात्रासहितको दक्षिण पूर्वी अरब सागरबाट मौसमी प्रणाली नेपाल भित्रिएकाले तीन दिनसम्म नै मौसम बद्ली हुने उहाँको भनाइ छ ।

मौसम बद्ली भए पनि पानी पर्ने सम्भावना भने खासै नरहेको मौसमविद् पोखरेलले बताउनुभयो । अहिले काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ ।

मौसम बद्ली भएकाले हिजो अस्तिको भन्दा आज चिसो बढ्ने मौसमविद् पोखरेलको भनाइ छ ।

हिजो न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियस रहेको काठमाडौंको न्यूनतम तापक्रम आज घटेर ५ दशमलव ५ डिग्री सेल्सियसमा झरेको छ ।

हिजो अधिकतम १८ दशमलव २ डिग्री रहेको उपत्यकाको तापक्रम आज १६–१८ सम्म पुग्ने अनुमान गरिएको छ । @Jyotinews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!