Friday, October 7

वरिष्ठ नेता कन्चन पक्राउ परेपछि विप्लवले गरे नेपाल बन्दको घोषणा

काठमाडौँ । प्रतिबन्धित नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’का तेस्रो वरियताका नेता धर्मेन्द्र बास्तोला पक्राउ परेका छन्।

‘कन्चन’ नामले चिनिने बास्तोलालाई प्रहरीको विशेष ब्युरोको टोलीले बुधबार ललितपुरबाट पक्राउ गरेको हो।

आफ्ना नेता बास्तोलाको पक्राउको विरोधमा विप्लव समूहले नेपाल बन्द सहित आन्दोलनको घोषणा गरेको छ ।

माघ ३, ५,७ र ९ गते देशभर विरोध जुलुस गर्ने र माघ १० गते नेपाल बन्द गर्ने विप्लव समूहद्धारा जारी विज्ञप्तीमा उल्लेख छ।

कन्चन केन्द्रीय समिती सचिवालय सदस्य हुन्। उनीसँगै ब्युरो सदस्य विवेक र विशाल पनि पक्राउ परेको पार्टी महासचिव विप्लवले उल्लेख गरेका छन्। @Jyotinews

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!