Tuesday, September 20

सेयर बजार दिनहुँ नयाँ कीर्तिमानीतर्फ, आज पनि नयाँ रेकर्ड

दिनहुँ नयाँ कीर्तिमानी राख्दै आइरहेको सेयर बजारले आज (मंगलबार) पनि उकालो यात्रा तय गरेको  छ । आज सेयर बजारमा दोहोरो अंकले बढेको हो । आज पनि नेप्सेले २२६७.७३ अंकमा पुगेर नयाँ रेकर्ड राखेको छ   ।

आज नेप्से परिसूचक २८.३१ अंकले बढेर २२६७.७३ अंकमा पुगेको छ  । नेप्से १.२६ प्रतिशले बढेको हो ।  यस्तै सेन्सेटिभ परिसूचक पनि ३.८९ अंकले बढेर ४३३.२८ अंकमा पुगेको छ ।

कुल २ सय २ वटा कम्पनीको १ करोड ३५ लाख ३१ हजार २ सय २७ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार ८ सय ९७ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये ११ वटा उपसमूहहरुको सेयर बढेको छ, भने बाँकी एउटा उपसमुहको मात्र सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले २९ करोड ६ लाख ३४  हजार रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ । @Arthasansar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!