Sunday, September 25

नेयमार र एम्बापे लिगको उत्कृष्ट ११ मा परेनन्

एजेन्सी – फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का सुपरस्टारद्वय नेयमार र किलियन एम्बापपे फ्रान्सेली लिगको मध्य सिजनको उत्कृष्ट टोलीमा पर्न सकेनन् ।

फ्रान्स फुटबलले fसार्वजनिक गरेको टोलीमा लियोनका स्टार फरवार्ड मेम्फिस डिपाए पनि अटाएका छैनन् । यद्यपि पिएसजीका ४ खेलाडी भने टोलीमा समेटिएका छन् । गोलरक्षक कलर नाभास र डिफेन्डर मार्किन्हससँगै मिडफिल्डरद्वय राफिन्हा र एन्जल डी मारिया भने टोलीमा अटाएका छन् ।

प्रिमियर लिगमा न्युकासल युनाइटेडबाट खेलेका मिडफिल्डर हाटेम बेन अर्फा पनि टोलीमा समावेश छन् । बोर्डोबाट खेल्दै आएका अर्फाले यस सिजन निकै प्रभावशाली प्रदर्शन गरिरहेका छन् । उनी यसै सिजन रियल भालाडोलिड छाडेर फ्रान्सेली लिग आएका थिए । त्यसअघि उनले निसबाट पनि एक सिजन खेलेका थिए ।

लिगको उत्कृष्ट ११ मा सेन्ट एटिएनका म्याथु डेबुसी, रेनेसका नाएफ अगुएर्ड, ब्रेस्टका रोमन पेरूद, लियोनका लुकास पाकेटा र टिनो काडेवेरे तथा लिलका बुराक इल्माज रहेका छन् । नेयमार पछिल्लो समय चोटका कारण टोलीमा छैनन् भने एम्बापपे पनि चोटका कारण सिजनको सुरुवातदेखि नियमित रहेका छैनन् ।

फ्रान्सेली लिगको अंक तालिकामा लियोन १९ खेलमा ४० अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको पिएसजी र तेस्रो स्थानको लिलको समान ३९ अंक रहेको छ । पिएसजीले गत साता मात्र प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गर्दै माउरिसियो पोचेटिनोलाई प्रशिक्षकको जिम्मेवारी सुम्पिएको थियो । हाम्रो खेलकुद

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!