Monday, September 26

गुल्मीमा राष्ट्रिय परिचयपत्रको विवरण दर्ता अन्तिम चरणमा

गुल्मी – गुल्मीमा अहिलेसम्म ९४ हजार ३५ जनाले राष्ट्रिय परिचय पत्रको फाराम भरेका छन् । जिल्लाका ६ वटा स्थानीय तहमा सकिएको राष्ट्रिय परिचय पत्र अभियानमा करिब १ लाखले राष्ट्रिय परिचय पत्रको फाराम भरेका हुन् ।

राष्ट्रिय परिचय पत्र दर्ता संकलन कार्य जिल्लाका १२ वटा स्थानीय तहमा संचालन भएको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका, धुर्कोट गाउँपालिका, छत्रकोट गाउँपालिका, मदाने गाउँपालिका मालिका गाउँपालिका र रुरुक्षेत्र गाउँपालिकामा दर्ता संकलन कार्य गरिसकिएको जिल्ला प्रशासन गुल्मीका राष्ट्रिय परिचय पत्र दर्ता अपरेटर सुनिता कंडेलले जानकारी दिनुभयो ।

राष्ट्रिय परिचय पत्र संकलन तथा दर्ता कार्य जिल्लाको मुसिकोट नगरपालिका, सत्यवति गाउँपालिका र इस्मा गाउँपालिकामा संचालन भइरहेको छ ।

जसमा अहिले सम्म सम्पन्न भएका पालिकाहरुमा गुल्मीदरबारमा ११ हजार ९ सय ५ जनाले, धुर्कोटमा १० हजार ५ सय ८० जनाले, छत्रकोटमा १० हजार ८ सय ४५ जनाले राष्ट्रिय परिचय पत्रको फाराम भरेका छन् । मदाने गाउँपालिकामा ९ हजार ७ सय ८० जनाले , मालिका गाउँपालिकामा १० हजार २ सय ४० र रुरुक्षेत्र गाउँपालिकामा ९ हजार ५ सय ९९ जनाले राष्ट्रिय परिचय पत्र विवरण दर्ता गरेको अपरेटर सुनिता कंडेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालयमा पछिल्लो समय राष्ट्रिय परिचय पत्र दर्ता गर्नेको निकै भिड लागेको छ । प्रशासनमा नागरिता बनाउने, नागरिता सच्याउने, पासवर्ड लिन आउने मानिसहरुले राष्ट्रिय परिचय पत्र दर्ता कार्य गर्दा भिड लागेको हो । पछिल्लो समय राष्ट्रिय परिचय पत्रको महत्वबारे मानिसहरु जानकार भएका छन् । जिल्लामा राष्ट्रिय परिचय पत्र विवरण दर्ता सम्पन्न हुन् अब २५ प्रतिशत बाँकी रहेको छ ।खबरमार्केट

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!