Wednesday, October 5

वडागाँउ कृषि सहकारी संस्था लिमिटेडको साधारण सभा सम्पन्न

महेन्द्र घिमिरे, मुसिकोट नगरपालिका, गुल्मी ।

वडागाँउ कृषि सहकारी संस्था लिमिटेड मुसिकोट नगरपालिका वडा नं. २,३ र ४ को वडा नं. २ अन्तर्गत १० नम्बर अन्तर समुहको साधारणसभा मुसिकोट देउरालीमा आज सम्पन्न भएको छ ।

बडागाउ कृषि सहकारी संस्था लिमिटेडको १५ औँ साधारणसभा तथा छैठॏ अधिवेसन यहि पुष २२ गते देखि २७ गते सम्म विभिन्न स्थानमा संचालन भइ रहेको छ । विश्वव्यापि कोभिड १९ को कारण जोखिम न्यूनीकरणको लागि यस वर्ष विभिन्न स्थानमा साधारणसभा गर्न लागिएको हो । संस्थाले आर्थिक वर्ष २०७६/७७ मा रू १३,३९,६०,७४९ बराबरको आय व्यय भेलामा प्रस्तुत गरिएको थियो । साथै साधारणसभामा जेष्ठ नागरिक सम्मान, सफल ब्यबसायी सम्मान, सफल कृषक सम्मान लगायतमा राम्रो कार्य गरी रहेका सदस्य हरूलाइ सम्मान समेत गरिएको थियो । वि.स.२०६१ सालमा दर्ता भइ कार्य संचालन गरेको यस संस्थामा हाल ११५३ जना सेयर सदस्य रहेका छन भने यो संस्था मुसिकोट नगरपालिकाको वडा नं. २,३ र ४ मा कृयाशिल रहेको छ ।

बचत तथा ॠण, कृषि उत्पादन, पसु बिमा र रेमिटेन्स सेवा दिँदै आएको यस संस्थाले चालु आर्थिक वर्षबाट आफ्नो कार्यक्षेत्र भित्र १ घर १ सदस्य भन्ने नाराका साथ सबैलाइ समेट्ने गरि सदस्यता बिस्तार गर्ने , मासुजन्य बाख्रा पालन कार्यमा लुम्बिनी प्रदेश सँग मिलेर काम गर्ने, कृषि ज्ञानकेन्द्र तम्घास सँगको सहकार्यमा ५०/५०प्रतिशतमा ४० लाख बराबरको रेसम खेती गर्ने, भेटनरी पसल दाना बिउबिजन र रासायनिक मलको डिलरसिपको रुपमा कार्य अगाडि बढाउने लक्ष्य सहितको वार्षिक प्रतिवेदन संस्थाका अध्यक्ष हरि प्रसाद छन्तेलले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा लेखा प्रतिबेदन संस्थाका सदस्य अर्जुन घिमिरेले प्रस्तुत गर्नुभएको थियो । प्रमुख अतिथी मुसिकोट नगरपालिका वडा २ का वडा अध्यक्ष लक्ष्मण खत्री रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष गुप्त बहादुर कार्किको स्वागत मन्तब्य रहेको थियो भने संचालन प्रबन्धक बिबेक पेमि मगरले गर्नु भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!