Tuesday, October 4

मुसिकोट न.पा.वडा नं. ७ मा राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराउने म्याद १ दिन मात्र बाँकी

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग मार्फत सञ्चालित राष्ट्रिय परिचयपत्रका लागी विवरण सँकलन गर्ने कार्य  मुसीकोट नगरपालिका वडा नं. ७ मा पुष १५ गते देखी चलिरहेको छ ।

यसै बिच विवरण सँकलन गरीने कार्य पुष २५ गते सम्म गरीने भनिएको भएता पनि विवरण सँकलन गराउन नागरिकहरूको भिडभाड कम नभएकोले विवरण सँकलन कार्यका लागी थप २ दिन थप गर्ने निर्णय गरिएको थियो । जसका लागी अब १ दिन मात्र बाँकी छ ।

हाल सम्म पनि विवरण सँकलन नगराउनु भएका नागरिकहरूले २०७७/ ०९/२७  गते सम्म श्री महेन्द्र आदर्श नमुना माध्यमिक विधालय वामीटक्सार गुल्मीमा राखिएको दर्ता स्थलमा उपस्थित भइ विवरण सँकलन गराउन सक्ने छन ।

विवरण दर्ता गराउँदा कुनै शुल्क लाग्दैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!