Tuesday, October 4

राष्ट्रिय परिचयपत्रका लागी विवरण दर्ता गराउने म्याद थप, मुसिकोट ७ मा हाल सम्म १७२७ जनाले विवरण दर्ता गराए

गोविन्द कंडेल, वामी टक्सार

नेपाल सरकार राष्ट्रिय परिचयपत्र तथा पंजीकरण विभाग मार्फत सञ्चालित राष्ट्रिय परिचयपत्रका लागी विवरण सँकलन गर्ने कार्य  मुसीकोट नगरपालिका वडा नं. ७ मा पुष १५ गते देखी चलिरहेको छ ।

श्री महेन्द्र आदर्श नमुना माध्यमिक विधालय वामीटक्सार गुल्मीमा राखिएको दर्ता स्थलमा उपस्थित भइ २०७७/०९/२५ गते शनिवार सम्म १७२७ जनाले आफ्नो विवरण दर्ता गराएका छन ।

यसै बिच विवरण सँकलन गरीने कार्य पुष २५ गते सम्म गरीने भनिएको भएता पनि विवरण सँकलन गराउन नागरिकहरूको भिडभाड कम नभएकोले विवरण सँकलन कार्यका लागी थप २ दिन थपिने भएको छ ।

हाल सम्म पनि विवरण सँकलन नगराउनु भएका नागरिकहरूले २०७७/ ०९/२७ गते सम्म श्री महेन्द्र आदर्श नमुना माध्यमिक विधालय वामीटक्सार गुल्मीमा राखिएको दर्ता स्थलमा उपस्थित भइ विवरण सँकलन गराउन सक्ने छन ।

विवरण दर्ता गराउँदा कुनै शुल्क लाग्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
1
+1
0
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!