Monday, September 26

मुसिकोट नगरपालिका द्वारा कर्मचारी छनोट सम्वन्धी अन्तिम नतिजा सार्वजनिक

पुष २३, वामीटक्सार गुल्मी,

भुमी व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयको गरीव परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यक्रम कार्यान्वयनका लागी २०७७/०८/३० गते १ जना सुवरीवेक्षक र ६ जना गणक गरी ७ जना कर्मचारी माग गरी आवदेन सँकलन गरेको नगरपालिकाले २०७७/०९/१७ गते उमेद्वारहरूको प्रारम्भिक सूची प्रकाशन गरेको थियो ।

प्रारम्भिक सूचीमा परेका सुपरीवेक्षकका लागि ३ जना र गणक पदका लागि १६ जना आवेदकहरूको पुष २१ गते  लिएको कम्प्युटर सिप परिक्षण र अन्तर्वाताका आधारमा आज अन्तिम नतिजा प्रकाशन गरीएको हो  ।

आज प्रकाशित अन्तिम नतिजा अनुसार एक जना सुपरीवेक्षक ( सहायक स्तर पाँचाै तह ) पदमा श्री  समिक्षा कंडेल ( मुसिकोट नगरपालिका वडा नं. ८ ) छनोट हुनु भएको छ भने गणकहरू ( सहायक स्तर चाैँथो तह ) पदमा श्री कमल घिमिरे ( मुसिकोट नगरपालिका वडा नं. ३ ), श्री विपिन रायमाझी ( मुसिकोट नगरपालिका वडा नं. ८ ), श्री जवी ढकाल ( मुसिकोट नगरपालिका वडा नं. ९ ),श्री जमुना खराल ( मुसिकोट नगरपालिका वडा नं. ७ ), श्री भानुभक्त पाैडेल( मुसिकोट नगरपालिका वडा नं. ७ ) , श्री लक्ष्मण गिरी ( मुसिकोट नगरपालिका वडा नं. १ ) छनोट  भएको नगरपालिकाका सूचना अधिकारी प्रकाश घिमिरेले  सेरोफेरो नेपाल लाई जानकारी दिनु भयो ।

साथै सफल हुनु भएका उमेद्वारहरूलाई ७ दिन भित्र नियुक्ती पत्रका लागी मुसिकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालयमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
5
+1
3
+1
1
+1
1
+1
1
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!