Friday, October 7

हुम्लामा यो वर्षकै भारी हिमपात, एयरपोर्टमै थन्किए हवाईजहाज

२० पुस, हुम्ला । हुम्लामा आइतबार साँझदेखि भारी हिमपात भएपछि विमान सेवासमेत अवरुद्ध भएको छ ।

उडान रोकिएपछि सिमकोटबाट नेपालगञ्ज, सुर्खेत, काठमाडौंलगायतका स्थानमा जाने तयारी गरेका यात्रुहरू हुम्लामै रोकिन बाध्य भएका छन्  ।

तारा एयरका जहाज आइतबारदेखि नै सिमकोट विमानस्थलमै थन्किएका छन् । एउटा जहाजको ब्याट्रीमा समस्या देखिएपछि मर्मत गर्न अर्काे जहाजमा प्राविधिक टोली आएको थियो । मर्मत गरी फर्कने बेला मौसम खराब भएपछि उडान रोकिएको सिमकोट विमानस्थलका प्रमुख विष्णु अधिकारीले जानकारी दिए ।

पश्चिमी वायुको प्रभावसँग उच्च पहाडी र हिमाली जिल्लाहरुमा हिमपात भइरहेको छ । हुम्ला सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका जाने नारा लेख, लिमि जाने न्यालु लेख लगायतका स्थान हिउँले ढाकिएर सेताम्य भएका छन् ।

हिमपातसँगै चिसो बढेपछि जनजीवन प्रभावित भए पनि हिउँले बालीनाली सप्रिने भएकाले किसानहरु भने खुसी भएका छन् । @onlinekhabar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
सेयर गर्नुहोस
प्रतिक्रिया दिनुहोस!